रोल्पामा समानुपातिकमा माओवादी केन्द्र अगाडि

मङ्लबार, मंसिर २६, २०७४



रोल्पा । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ । प्रत्यक्षतर्फ जीत हासिल गरेको माओवादी केन्द्रले पच्चीस हजार २६०, नेपाली काँग्रेसले चौध हजार ४१८ र नेकपा (एमाले)ले दश हजार २७१ मत प्राप्त गरेका छन् ।

जिल्लामा राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा(प्रजातान्त्रिक), एकीकृत राप्रपा९राष्ट्रवादी०, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा(माले), नेपाल परिवार दल, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशन मात्रै अस्तित्वमा रहे पनि मतदाताले ४७ दलको चुनाव चिह्नमा मतदान गरेका छन् । सत्तरी हजार ५७० मत खसेको रोल्पामा पन्ध्र हजार ७६६ मत बदर भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata