प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट

बिहिबार, जेष्ठ १५, २०७७



अधिकमत रोजगारी सिर्जना गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई चालू आवमा दाेब्बर बजेट विनियोजन गरिएको जनाइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका ११ अर्ब ६० करोड रकम विनियोजन गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगारी दिने लक्ष्य राखिएको छ । तीनै तहका सरकारबीच समन्वयन गरिने बताइएको छ ।

चालू आर्थिक वर्षका लागि  प्रधानमन्त्री रोजगारी कार्यक्रममाअन्तर्गत ५ अर्ब १ करोड सरकारले विनियोजन गरेकाे थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७ सय ५३ स्थानीय तहमा नै रोजगार संयोजक नियुक्ति गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत राखिएको तथ्यांकलाई श्रम बैंकका रूपमा स्थापना गरिएको छ ।

 प्रधानमन्त्री रोजगार कार्यक्रम कसरी दिने र रोजगारी नपाउने कस्तो सदस्यलाई निर्वाह भत्ता उपलब्ध गराउने भन्ने विषयमा पनि कार्यविधि तयार भएको छ । आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त गरिएको रोजगार संयोजकलाई तलब/भत्तादेखि सीप सिकाउनेलगायतका काम र रोजगारी दिन नसक्नेलाई निर्वाह भत्ता पनि यो रकमबाट दिइनेछ ।

सरकारले १० हजारभन्दा बढी जनसंख्या रहेको स्थानीय तहमा अधिकृतसरहको रकम दिएर रोजगार संयोजक नियक्त गरेको छ भने १० हजार कम भएकोमा नायव सुब्बा सरहको तलब दिने गरी नियुक्ति दिएको छ । यस हिसाबले ७०५ स्थानीय तहका रोजगार संयोजकले अधिकृत सरहको तलब खानेछन् भने ४८ स्थानीय तहको संयोजकले नासुसरहको तलब सुविधा पाउनेछन् ।

संवैधानिक व्यवस्थाअनुसार सबै उमेर पुगेका सबै नागरिकलाई रोजगारी दिनुपर्ने हुन्छ । रोजगारी नपाउने नागरिकलाई कम्तीमा १०० दिने रोजगारी सकरारले दिने र रोजगारीका लागि आवेदन दिने तर रोजगारी नपाउने एक परिवारको सदस्यलाई ५० दिन बराबरको निर्वाह भत्ता उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments