बैदेशिक रोजगारीमा दैनिक ५० लाख लुट

आइतवार, भदौ २४, २०७५



काठमाडौं २४ भदौ । स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ । बैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमितेजस्तै देखिन्छन् ।

जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदा समेत ठगी गर्नेलाई कारवाही भने नगन्य मात्रामा हुने गरेको छ ।

बैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक बर्षको सुरुको साउनमा मेनपावर र तिनका ऐजेन्टले १० करोड ८९ लाख रुपैंयाँ ठगेको भन्दै उजुरी परेको छ । बेरोजगार ठग्ने मेनपावरको तुलनामा एजेन्ट अगाडी छन् । साउन मेनपावर(संस्थागत) ठगेको भन्दै ५ करोड ८ लाख रुपैंयाँ दावी गरिएको छ ।

त्यस्तै बेरोजगारबा व्यक्तिगत(एजेन्ट) तवरले ५ करोड ८१ लाख रुपैंयाँ ठगी भएको भन्दै विभागमा उजुरी परेको छ । सरकारले बैदेशिक रोजगारीको क्रममा हुने ठगी रोक्ने प्रयास गरेपनि यसमा सुधार आउन सकेको छैन । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि ठगी धन्दा बढीरहेको छ । -नागरिक दैनिकबाट

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank