श्रमिक माग्दा नेपाली कुटनीति नियोगाबाट प्रमाणित गर्नुपर्ने

मङ्लबार, बैशाख २५, २०७५



काठमाडौं । सरकारले बैदेशिक रोजगारदाता कम्पनीहरुले नेपालका श्रमिक माग्दा सम्बन्धित मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगबाट प्रमाणित गर्नुपर्ने व्यवस्था गरेको छ ।

श्रमिकहरुले भनेजति तलब नपाउने र श्रम स्वीकृतिका लागि आउने कम्पनीका कतिपय मागपत्रहरु नक्कली समेत हुने गरेकाले त्यो विकृति रोक्न मन्त्रिपरिषद्को सोमबारको बैठकले यस्तो निर्णय गरेको हो ।

म्यानपावर व्यावसायीहरुले सम्बन्धित कुटनीतिक नियोगाबाट प्रमाणित गर्नुपर्ने प्रावधान नल्याउने दवाव दिदै आएका थिए । तर श्रममन्त्री गोकर्ण विस्टको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सोमबार ‘ बैदेशिक रोजगार मागपत्र निर्देशिका’ स्वीकृत गरेको हो ।

अब कुनै पनि कम्पनीले नेपाल कामदार आवश्यक परे त्यही देशमा रहेका नेपाली कुटनीति नियोगले ती कम्पनीको अवस्थाबारे अध्ययन गर्नेछन् । अध्ययन गरी सम्बन्धित कम्पनीमा कामदार पठाउन सकिने कि नसकिने भन्ने निक्र्यौल गर्नेछन् । कुनै पनि कम्पनीले आवदेन दिएको १० दिन भित्र सम्बन्धित नियोगले जाचबुझ गरी स्वीकृत दिने कि नदिने भन्ने निर्णय गरिसक्नुपर्नेछ ।

अहिले नेपाली श्रमिकहरुको तलब यहा श्रम स्वीकृति लिदा एउटा र सम्बन्धि मुलुकमा पुगेपछि अर्को हुने गरेको पाइन्छ । त्यही कारण भनेजति सुविधा नपाएको गुनासो कामदारहरुबाट आउने गरेको छ । कान्तिपुरबाट

93 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank