बडादशैंको आगमनसँगै भारतमा रोजगारी गरेर फर्कनेको लर्को

बिहिबार, अशोज २५, २०७५

- प्रमित वि क



बाजुरा  । बडा दशैंको आगमनसँगै रोजगारीको सिलसिलामा छिमेकी राष्ट्र भारत गएकाहरु दशैं मनाउन घर फर्किनेको क्रम बढ्दै गएको छ ।

बाजुरा मार्तडी, गौमुल कोल्टी, पाण्डुसैन लगायतका क्षेत्रका बासिन्दा नेपालीको महान चाड  दशै मनाउँन भारत गएकाहरु यति बेला गाउँ घर फर्किरहेका छन् । हरेक बर्ष फर्किदा ठाउँ ठाउँमा भारतीय प्रहरीले दुख दिदै आएका छन् तर यो बर्ष भने अघिलो बर्षको भन्दा कम दुख दिएको भारतबाट फर्किएका बताउँछन् । रोजगारीका लागि स-परिवार भारतको मुम्बइर्, सुरत, पुगेका निर बहादुर वि क भन्छन् नेपालमा कुनै रोजगारी पाइदैन पाईहाले पनि घरको लागि खर्च नपुग्ने रोजगारी पाईने गरेको दुखेसो गरेका छन् । उनले पाँच बर्ष भारतमा बसेर रोजगारी गर्दैै आफ्नो घरको खर्च चलाएको बताउँछन् । कतिपय नेपालीहरु भने भारतमा बर्षाैद दिन काम गरेको पैसा नदिएर खाली हात नेपाल फर्किनु परेको बाताउँछन् ।

      कामका लागि भारत जानेहरु वर्षेनी बढ्दै गए पनि कति जना रोजगारीका लागि जान्छन् त भन्ने तथ्याकं भने छैन् । आफ्नै  देशमा रोजगारी नपाउँदा पाइहाले पनि न्युन पारिश्रमिकका काम गर्नु पर्नै औषधीमुलो समेत राम्रो नपानईने भएपछि बाजुरा जिल्लाबाट पनि रोजगारीका लागी भारत जानेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ ।

139 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank