सरकारको सन् २०३० सम्म ६८ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

मङ्लबार, असार १७, २०७६



वर्षमा एक लाख हाराहारी रोजगारीका अवसर सिर्जना भइरहेको बेला थप सात लाख रोजगारी सिर्जना गर्नुपर्ने बहस शुरु भएको छ ।

सन् २०३० सम्म ६८ लाख रोजगारी सिर्जना नगरे नेपालले सहश्राब्दी विकास लक्ष्य पूरा गर्न नसक्ने भएपछि त्यसबारे छलफल शुरु गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा रोजगारी सिर्जनाका लागि गर्नुपर्ने विभिन्न उपायबारे छलफल गरिएको छ ।

यतिखेर सरकार मात्र नभई नेपालका विकास साझेदारसमेत सहश्राब्दी लक्ष्य पूरा गर्ने अभियानमा छन् । अहिले भइरहेको प्रगतिलाई आधार मान्दै सरकारी अधिकारीहरुले सन् २०३० समम सहश्राब्दी लक्ष्य हासिल गर्ने दाबी गरिरहेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata