ट्रयाक्टरको ठक्करले दुईको मृत्यु

बुधबार, पुस १६, २०७६



 रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ट्रयाक्टरले ठक्कर दिएपछि मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेका मौलापुर –२ का ४५ वर्षीय सुरेन्द्र राय र ६० वर्षीय राजेन्द्र रायको मृत्यु भएको हो । सुरेन्द्र मोटरसाइकल चलाउँदै थिए भने राजेन्द्र सोही मोटरसाइकलमा पछाडि बसेका थिए ।

मंगलबार साँझ करिब साढे सात बजे मौलापुरको चिरचिरियामा ना ३८ प ५१५३ नम्बरको मोटरसाइकललाई ना ५ त ७३४५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनापछि ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments