रोहतक रेवाडी हाइवे दुर्घटनामा ८ को मृत्यु

सोमवार, पुस ९, २०७५



एजेन्सी । भारतीय राज्य हरियाणाको रोहतक रेवाडी हाइवेमा भीषण सडक दुर्घटना भएको छ । सोमबार विहान एक फ्लाई ओवरमा ५० गाडी एक आपसमा ठक्कर खाएका थिए ।

बाक्लो हुस्सुको कारण भएको उक्त दुर्घटनामा ८ व्यक्तिले ज्यान गुमाएका छन् भने कैयौं यात्रु घाईते भएको हरियाणा प्रहरीले जनाएको छ ।

घटना पश्चात हाइवेमा करिब २ किलोमिटर सम्म गाडीको जाम लागेको प्रहरीले जनाएको छ । मौसम विभागका अनुसार, विहानको समयमा ९४ प्रतिशत आद्रता हुने हुँदा अधिकतम हुस्सु लाग्ने गर्दछ ।

जसले गर्दा विहानको समयमा हरियाणामा सवारी हाँक्न मुस्किल भएको हुने गर्दछ । घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata