बगदादमा अमेरिकी दूतावास नजिकै रकेट अवतरण, इराकमा फेरि अशान्त

मङ्लबार, माघ ७, २०७६



मध्यपूर्वी एसियाली देश इराकको राजधानीमा तीन वटा कात्युशा रकेट गएराति ग्रीन जोन भित्र प्रवेश गरेको छ,जहाँ सरकारी भवनहरू र विदेशी मिसनहरू राखिएको छ ।

रकेट बगदाद बाहिर जफरानिया जिल्लाबाट प्रक्षेपण गरिएको थियो।  दुईवटा रकेट अमेरिकी दूतावास नजिकै अवतरण भएको अधिकारिहरूले बताएका छन । हालसम्म कुनै पनि हानिनोक्सानी बारे  रिपोर्ट  आएको छैन  र यो रोकेट कसले चलायो भन्ने बारे थाहा छैन।

सोमबार सुरक्षा बलसँगको झडपमा दुई प्रहरी अधिकृत सहित ६ इराकी र कयौं घाइते भएका थिए । बगदाद र अन्य शहरमा यो उथलपुथल पुन: सरकार विरोधी शक्तिले गरेको हुन् सक्ने आशंका गरिएको छ ।

बगदादको अस्पतालमा तीन प्रदर्शनकारीहरू घाइते भएका थिए। पुलिसले ताइरन स्क्वायरमा प्रत्यक्ष गोलाबारी गरेको थियो। प्रहरीले दुई प्रदर्शनकारीहरूलाई प्रत्यक्ष गोलीद्वारा मार्यो भने तेस्रो व्यक्तिलाई अश्रु ग्यासको क्यान्टरले प्रहार गरेर मारिएको बताइएको छ । यस्तै शियाको पवित्र शहर कर्बलामा चौथो प्रदर्शनकारीलाई पुलिसले गोली हानी मारेको थियो ।

दक्षिणी इराकको अन्यत्र, सयौं प्रदर्शनकारीहरूले टायरहरू जलाएका छन्  ।  नासिरिया, कर्बला र अमारालगायत धेरै शहरहरूमा मुख्य सडकहरूमा सवारी आवागमन रोकिएको छ । प्रदर्शनकारीहरूले  प्रधानमन्त्री अडेल अब्दुल महदीले इराकीहरुलाई स्वीकार्य नयाँ सरकारको नाम सहितका प्रतिज्ञाहरु पूरा गरेका छैनन् ।

अक्टुबर १ देखि इराकमा सामूहिक विरोध प्रदर्शन भइरहेको छ, जसमा लगभग ४५० जना भन्दा बढी व्यक्ति मारिसकेका छन् । धेरै जसो युवा प्रदर्शनकारीहरूले राजनीतिक प्रणालीको पुनर्निर्माणको माग गरिरहेका छन्  किनभने उनीहरू वर्तमान सरकारलाई गम्भीर रूपमा भ्रष्टाचारी ठान्छन् । इराकमा गरिबीको समस्या विकारल हुनुको कारण भ्रष्ट सरकार रहेको प्रदर्शनकारीहरूले बताएका छन् ।

इराकमा हवाई हमलामा तेहरानका शीर्ष जनरलको हत्या गरेपछि वाशिंगटन र  तेहरानका सम्भावित द्वन्द्वको खतरालाई देखाएर रोकिएको भनिएको इराकी प्रदर्शनले गति पाएको विज्ञहरूले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments