इराकस्थित अमेरिकी बेस क्याम्पमा रकेट आक्रमण

बुधबार, पुस २३, २०७६



एजेन्सी । अमेरिकी सुरक्षा फौज सम्बन्धी सूत्रका अनुसार अमेरिकी एयरबेस रहेको इराकस्थित भूभागमा गएराति भिषण रकेट आक्रमण भएको छ ।

इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको हो बखर उल्लेख गरेको छ ।

इरानले प्रहार गरेको रकेट ब्यालेस्किट मिसाइल भएको जनाइएको छ । १३ ब्यालेस्किट मिसाइल प्रहार गरिएको र हालसम्म कुनै क्षति तथा हताहतीको विवरण प्राप्त नभएको बग्दादका संवाददातालाई उद्धृत गर्दै अलजजिरा जनाएको छ।

इरानी सरकारी टेलिभिजनले पनि रिभ्युलुसनरी गार्डले रकेट प्रहार गरेको र अमेरिकाले थप आक्रमण गरेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।

अमेरिकी गठबन्धन सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी रकेट प्रहार भएको अमेरिकाले पुष्टि गरेको छ । अहिले क्षतिको विवरण आकलन भइरहेको र आफ्ना गठबन्धन सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले इरानी कमान्डर कासिमलाई राक्षसको संज्ञा दिँदै ऊ मारिएपछि थुप्रैको ज्यान जोगिएको बताएका छन् । उनले सोलेमानीले ठूलो आक्रमणको प्रयास गरिरहेको बेलामा ऊ मारिएको जनाएका छन् ।

ट्रम्पले यसअघि इरानका ५२ वटा सांस्कृतिक केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएपछि त्यसको कडा आलोचना भएको थियो ।  ओभल अफिसमा बोल्दै ट्रम्पले अमेरिका इराकबाट बाहिरिनु भनेको देशको लागि सबैभन्दा खराब अवस्था हुने जनाएका छन् । सोलेमानीको मृत्युपछि अमेरिका र इरानको सम्बन्ध अझै बिग्रदै गएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments