जिम्वाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगावे रहेनन् !

शुक्रबार, भदौ २०, २०७६



एजेन्सी । जिम्वाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा आज(शुक्रबार) निधन भएको छ । ५ महिनादेखि सिंगापुरमा उपचाररत वर्तमान राष्ट्रपति इमर्सन मनाङ्ग्वाले मुवागेको निधन भएको पुष्टि गरेका छन् ।

सैनिक (कु)पछि मुगावेले सन् २०१७ मा तीन दशकदेखिको नेतृत्व छाडेका थिए । सन् १९६४ मा रोडेशिया सरकारको आलोचनाका कारण मुगावेलाई एक दशकभन्दा बढी समय जेलमा राखिएको थियो ।

सन् १९२४ फेब्रुअरी २१ मा जन्मिएका मुगावे अल्पसंख्यक स्वत्त शासनको विरुद्ध युद्ध छेड्दै जीत हासिल गर्नासाथ जिम्वाबे जनताका नायक बन्न सफल भए । गोराहरूको विरुद्ध आगो ओकल्ने मुगावेले मेलमिलापको आह्वान गर्नुको बदला सन् १९८० मा जिम्वाबेको दक्षिणी भेगमा चर्को दमनमा उत्रिए । उनले गोराहरूको जमिनलाई जबर्जस्ती कब्जामा लिँदै आफ्ना समर्थकहरूलाई बाँडे । जसको असरले जिम्वाबेको अर्थतन्त्र धरासायी बन्न विवश भयो ।

निरन्तर सत्तामा रहने क्रममा मुगावेले आफ्ना आलोचकहरूलाई गद्दार र एजेन्टको आरोप लगाईरहें । सोहि क्रममा आफ्ना सहकर्मी  इमर्सन मनाङ्ग्वालाई उप राष्ट्रपतिबाट वर्खास्त गरेसँगै आलोचित बनेका मुगावेलाई जिम्वाबेका जनता र सेनाले राष्ट्रपति पद छाड्न बाध्य गराए । आफ्नी कान्छी श्रीमती ग्रेस मुगावेलाई राजनीतिक उत्तराधिकारी बनाउने मुगावेको खेल विफल भएसँगै उनको राजनीतिक यात्रा ओरालो लाग्न बाध्य भयो । फलस्वरुप ९३ वर्षको उमेरमा आफ्ना साथीहरू विपक्षमा उभिएसँगै मुगावेले सत्ता त्याग गरे ।

आफ्नो शासनकालमा ८९ प्रतिशत जनसंख्यालाई साक्षर बनाएको गर्व गर्ने मुगावे चतुर नेता हुँदाहुँदै पनि देशको अर्थतन्त्र र सत्तालाई जोगाउन असफल हुँदै ९५ वर्षको उमेरमा देहत्याग गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata