दैनिक ७ घन्टा सडक बन्द हुँदा यात्रुहरु समस्यामा

आइतवार, असार १७, २०७५

- बिष्णु गौतम



पर्वत । दैनिक ७ घन्टा बाटो बन्द हुँदा यात्रु समस्यामा परेका छन्। मध्यपहाडी लोकमार्गको पर्वत सडक खण्ड शुक्रबार देखि दैनिक ७ घण्टा बन्द भएपछि यात्रुहरु समस्यामा परेका हुन् ।

पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवाको भीर र मोदी गाउँपालिकामा पर्ने डिमुवा माहुरी भीरमा सडक फराकिलो बनाउने क्रममा सडक बन्द गरिएको लामा कन्ट्रक्सन कम्पनीले बताएको छ ।

कुस्मा नगरपालिकाको खरेहा खोला देखि मोदी गाउँपालिकाको अधेरीखोला सम्म बिहान १० बजे देखि दिउँसो १२ बजे सम्म सडक बन्द भैरहेको छ भने दिउँसो १ बजे देखि ४ बजे सम्म पनि सडक बन्द गरिएको छ । साँझ ६ बजे देखि राती ८ बजे सम्म पनि सडक बन्द गरेर सडक निर्माणको कामलाई निरन्तरता दिएको छ निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालका अनुसार माहुरीभरमा २ स्थानबाट सडक फराकिलो बनाउने काम भैरहेको छ ।भने चुवा भीरमा एक ठाउँबाट काम थालिएको छ ।

अझै थप स्काभेटर परिचालन गरि दुबै ठाउँमा तीन तीन ठाउँबाट सडक फराकिलो बनाउन काम तीब्र बनाउने योजना रहेको भुसालले बताए । बर्षा याममा यात्रुको चाप पनि कम हुने र सवारी साधन पातलो चल्ने कारणले सात घण्टा सडक बन्द गरेर काम गर्ने निर्णय हो प्रोजेक्ट म्यानेजर भुसाललभने । दुबै कठिन भीरहरुमा दुई महिना भित्रमा काम सक्ने लक्ष्य राखेर काम गरेको बताइएको छ ।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तर उन्नतीको कामको ठेक्का लिएको हो । कम्पनीका अनुसार अहिले सम्म १२ प्रतिशत काम सकिएको बताइएको छ ।

यात्रुलाई पनि लगातार बन्द गर्दा समस्या पर्ने भएकाले सडक पनि निर्माण हुने र यात्रुलाई समस्या नहुने गरि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । चुवा र माहुरी भिरमा पनि सके सम्म बैकल्पिक सडक बनाएर आवगमन सहज बनाउने प्रयास भैरहेको पनि उनले जानकारी दिए ।

73 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank