सडक दुर्घटना, एकको मृत्यु

मङ्लबार, बैशाख ३०, २०७७



कैलालीमा मोेटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर सडकको छेउको पोलमा ठोक्किँदा घोडाघोडी नगरपालिका–१ बस्ने वर्ष ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको हो ।

गौरीगंगा नगरपालिका–६ वनबेहडा पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको सु.प.प्र.०२–००३प.३३२७ नम्बर मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१ का १५ बर्षीय माइकल शाहीको सेती अस्पतालमा उपचार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments