मलेसियाको सडकमा दुई नेपालीको मृत्यु

आइतवार, असार २९, २०७६



काठमाडौं । मलेसियास्थित शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा सडक दुर्घटनामा परेर दुई नेपालीको मृत्यु भएको छ ! डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको हो  ।

त्यस्तै आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ ।

मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष शिवराज पनेरुले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata