नेपाल वायु सेवा निगमले चीन र जापानमा उडान भर्ने

सोमवार, कार्तिक १८, २०७६



काठमाडौं । राष्ट्रिय ध्वजा बहाक जहाज नेपाल बायु सेवा  निगमले  चीन र जापानमा सेवा विस्तार गर्ने भएकाे छ । नेपाल वायु सेवा निगमले  मंसीरको अन्तिम साताबाट आफ्नो उडान गन्तव्य थप गर्ने भएको  ।

नेपाल वायु सेवा निगमले मंसिर महिनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको हो ।  लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार भर्खरै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारी अनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र सङ्घाई उडानका लागि पहल भैरहेको जानकारी दिए ।उनले  अनुसार ती दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । त्यसपछि निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।

 त्यस्तै निगमले पुसको दोस्रो सातादेखि जापानको नारिता उडान भर्ने जनाएको छ । निगमले आउँदो जनवरी महिना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको तयारी गरेको छ । नारिता उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata