मधेशवादीदलका शीर्ष नेताहरु एमालेमा, राजपालाई नेता जोगाउन हम्मे

बिहिबार, साउन २६, २०७४

loading...


काठमाडौं । स्थानीय चुनावको तेस्रो चरणको मिति नजिकिइरहेका बेला मधेसकेन्द्रित दलका केही प्रभावशाली नेताहरु एमाले प्रवेश गर्ने तयारीमा छन् । यसअघि राजपाका सहमहामन्त्री समिम मिया अन्सारी, कोषाध्यक्ष अनिता यादव लगायत केही केन्द्रीय सदस्यहरु एमाले प्रवेश गरिसकेका छन् ।

पछिल्लो माओवादी हुँदै नयाँ शक्तिका सहसंयोजक रहेका रामचन्द्र झा पनि एमाले फर्कने अन्तिम तयारीमा छन् । उनिसंग पनि वार्ता भईरहेको झा ले बताएका छन् । लामो समय मधेश राजनीतिमा बिताएका झा जनकपुर लगायत तराईमा लोकप्रिय नेताका रुपमा परिचित छन् । असोज २ गते हुने निर्वाचनलाई लिएर राजपामा विवाद भएपछि चुनवामा भाग लिनका लागि आग्रह गर्ने नेताहरु राजपा छोडेर अन्य पार्टीमा प्रवेश गर्न थालेपछि राजपालाई नेता जोगाउन हम्मे परेको छ ।

राजनीतिलाई जनताको समृद्धिसँग जोड्न सके सबै पहिचानको यथोचित विकास हुने बरु ‘पहिचान’को नाममा भएका गतिविधिले विभाजन मात्रै ल्याएको र मूल प्रवाहबाट बाहिरिनु परेको निश्कर्षमा पुगेपछि पहिले एमाले छाडेका नेताहरु पनि एमालेमै फर्कने मनस्थितिमा पुगेका हुन् । नयाँ बनेको संविधानले कुनै पनि समुदायलाई भेदभाव नगरेको र मधेसी र जनजाति विरोधी भनी प्रचार गरिएको एमालेबाटै सबैभन्दा धेरै जनजाति र मधेसी प्रतिनिधि निर्वा्चित भएकोले पनि एमाले विरुद्धका सबै प्रचार निस्तेज भएको उनीहरुको निश्कर्ष छ ।

‘मधेसी र जनजाति एमालेबाटै बढी निर्वा्चित हुन्छन् अनि एमालेलाई मधेस विरोधी जनजाति विरोधी भनिरहंदा कसैले पत्याउने अवस्था नै छैन’ एमाले प्रवेशको तयारीमा रहेका एक नेताले भने ‘राजनीतिमा सबैले पत्याउने कुरा गर्न सकिएन भने आरोप मात्र लगाएर धेरै दिन टिक्न गाह्रो हुन्छ ।’ एमालेले आफूमाथि भएका प्रहार सामना गरेरै पनि सत्य अडानबाट पछि नहटेकाले पछिल्लो पटक अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न थालेको उनीहरुको भनाई छ । ‘भावनात्मक कुरा गरेर केही समय टिक्न सकिएला तर, सधैंभरी सत्यको विरोध गरिरहन सकिंदैन’ उनीहरु भन्छन् ।

त्यसै कारण पनि बीरगञ्जका माओवादी नेता बसरुद्दिन अन्सारी, सिराहाका पूर्व मेयर मुन्नी साह एमाले प्रवेश गरेका हुन् । राजविराज चर्चित युवा नेता सुखीराम यादव पनि भर्खरै एमालेमा भित्रिए । त्यस्तै कलाकार रमेशरञ्जन झा पनि एमालेमा फर्किसकेका छन्। तराईका पुराना बामपन्थी नेता सूर्यनारायण यादवका छोरा प्रमोदनारायण यादवलगायत चार नेता एमाले प्रवेश गरे । साउन २० गतेमात्रै जनकपुरमा दुई सय व्यक्ति एमाले प्रवेश गरेका थिए ।

8574 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank