महलको सुनकै भए सेतै कात्रो ओड्छन् मान्छे !

सोमवार, पुस १४, २०७६



आफैं साइनो जोडी यहाँ आफै किन तोड्छन् मान्छे

चुचुरोको सपना देखाई फेदमै किन छोड्छन् मान्छे

कतिसम्म गर्छन् कोही त घमण्ड र अहंकार पनि

चोखो नातासम्बन्धलाई पैसासँग जोड्छन् मान्छे

 जल्दा घाट र मर्दा स्वर्ग जाने बाटो एउटै त हो,

महलको सुनकै भए सेतै कात्रो ओड्छन् मान्छे

बीना स्वार्थ अलिकति मनमा माया भयो भने

जोगाउन सुक्न ला’को फूललाई गोड्छन् मान्छे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments