गजल – रीता शाहि शाह (रीतु )

शनिबार, फाल्गुन १८, २०७५



जिउदै छु के गर्नु मरे, जस्तै भए जिन्दगीमा
बुढेसकालमा बृद्दाआश्रम, गए जिन्दगीमा॥

हिजाे भाेकै बसे छाेरा छाेरी हुर्काउनलाई
आज एक्लै भोकाे पेट, सय जिन्दगीमा ॥

हुर्काए छाेराछाेरी पालनपाेषण गरि
रिताे काख आज एक्लै, भए जिन्दगीमा॥

छाेरी पराई घर त छाेरा अलग भैइबसे
एक्लै मनभरिका, बेथा सहे जिन्दगिमा॥

आँखा देख्नै छाेडे अब, कान सुन्नै छाेडे
सास नि गयाे बतास बनी बहे जिन्दगीमा ॥

– रीता शाहि शाह (रीतु )

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata