सुशासन अनि समृद्धिको हुँदै जाओस नव बर्ष

शुक्रबार, चैत्र ३०, २०७४

- रिता शाही (ऋतु)



पूरा होस सवै नेपालीजनको मनको चाहाना
नब वर्ष २०७५ सालको मंगलमय शुभकामना

अब आउने ७५ साल यस्तो बनि आउन
देश विदेशमा रहेका नेपालीमा सुख शान्ती छाउन

देशमा सुशासन समृद्धिको कुरा हुँदै जाओस
जति छन् अधुरो काम पूरा हुँदै जावस

हट्दै जाअाेस कुसंस्कारको नियम अनि रिती
लागु होस संबिधानमा नयाँ नियम नीति

धनीले धनको घमण्ड गर्न नपरोस
गरिबले भोको पेटैमै मर्न नपोस

कसैले कसैबाट हुन नपरोस हेला
यूवालाई रोजगार मिलोस श्रमिकलाई ज्याला

७५ सालमा देशमा यस्तो निती आउन
विदेशीने युवाले नि देशमै रोजगार पाउन

नेताको सोचमा परिवर्तन आवस
जनतालाई समानरुपले लिन सक्ने

सस्तो बनोस बजार भाउ गरिवले नि किन्न सक्ने
सचेत रहुन भष्ट्राचार गर्न राजनीतिक दलहरु

कसैले नगरुन सोझा सिधा जनतामाथि छलहरु
७५ सालको यहि छ मेरो अग्रीम चाहाना

देश तथा विदेशमा रहने नेपालीलाई शुभकामना

387 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank