टहटह चम्किने पुर्णिमाको जुन हुन् नारी

आइतवार, फाल्गुन २५, २०७६



टहटह चम्किने पुर्णिमाको जुन हुन् नारी
खिया लाग्दा न खिइने नम्बरी सुन हुन् नारी

त्यति कठोर हुँदैनन् आत्मा नारीको हजुर
माया दया मानेर छिट्टै घुल्ने नुन हुन् नारी

गलत न बुझ्नु शुद्ध-पवित्र हुन्छ आत्मा नारीको
उच्च पाटनमा उम्रेको पवित्र चुन हुन् नारी

रुवाई नारी आत्मालाई कमजोर न ठान्नु होला
फेर्ने सास र नशानशामा बग्ने खुन हुन् नारी

– रिता शाही रीतु

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments