सांसदलाई छुट्याएको ६ करोड बजेटबाट हटाउन माग गर्दै रिट दायर

आइतवार, जेष्ठ १९, २०७६



काठमाडौं । सांसदलाई छुट्याएकाे ६ करोड रूपैयाँ बजेटबाट हटाउन माग गर्दै सर्वाेच्च अदातलतमा रिट दायर भएको छ ।

यहि जेठ १५ गते प्रस्तुत गरिएको बजेटमा सांसद निर्वाचन क्षेत्रको विकासका लागि भन्दै ६ करोडका दरले विनियोजन गरिएको थियो । अधिवक्ता पारसमणि भट्टराई संविधान विपरित निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई छुट्याइएको बजेट बजेटबाट हटाउन माग गर्दै  आइतबार सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन ।

सांसदलाई विकास खर्च दिँदा स्थानीय, प्रदेश र संघीय सरकारको काम र अधिकारमाथि हस्तक्षेप हुने कुरा अधिवक्ता भट्टराईले रिट निवेदनमा उल्लेख गरेका छन् ।

भट्टराईले बजेट आउनुपूर्व नै रिट दिएका थिए। रिटको यहि जेठ २४ गते सुनुवाई हुने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank