पूर्व प्रधानमन्त्रीद्वय माधव र बाबुराम विरुद्ध सर्वोच्चमा रिट दायर

बुधबार, माघ २९, २०७६



काठमाडौं । वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्धा दर्ता गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

गत माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।  अधिवक्ता बालकृष्ण न्यौपानले बुधबार उक्त निर्णयलाई चुनौती दिँदै सर्वोेच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

सरकारी जग्गा व्यक्तिको नाममा बनाउने नीतिगत निर्णय गरेको भन्दै उनीहरु विरुद्ध अन्तिरिम आदेशको माग गरिएको छ । अख्तियारले कसैलाई मुद्धा चलाउने र कसैलाई उन्मुक्ति दिन खोजिएकाले रिट दर्ता गर्नु गैरकानूनी भएको रिटमा उल्लेख गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments