निर्मला हत्याको आशंकामा कञ्चनपुरबाट समातिएका तीनै जना छुटे

बिहिबार, मंसिर २०, २०७५



कञ्चनपुर । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्याको आशंकामा कञ्चनपुरबाट समातिएका तीनै जना छुटेका छन् ।  हत्या आशंकामा बुधबार एकजनालार्इ काठमाडौँबाट र ३ जनालार्इ कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कठायतका अनुसार हत्या आशंकामा बुधबार दिउँसो सोधपुछका लागि समातिएका तीनै जनालार्इ साँझ नै छोडिएको बताएका छन् ।
तीनै जनाबाट डिएनए परिक्षणका लागि नमुना संकलन गरिएको छ ।

त्यस्तै निर्मलाको हत्याको आशंकामा बुधबार काठमाडौंबाट कञ्चनपुरका प्रदीप रावललाई पक्राउ गरेको थियो । प्रदिपलाई भने हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

130 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank