प्रधानमन्त्री ओली स्वदेश फर्किए

आइतवार, कार्तिक १०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदृश फिर्ता भएका छन । असंग्लग्न राष्ट्रहरुको१८ औं शिखर सम्मेलनमा भाग लिन अजरबैजानको राजधानी बाकु पुगेका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन ।

यहि कार्तिक ८ र ९ गते हुने असंग्लग्न देशहरुको शिखर सम्मेलनमा भाग लिन गत बिहीबार प्रधानमन्त्री ओली बाकु पुगेका थिए । प्रधानमन्त्रीको टोलीमा पत्नी राधिका शाक्यसँगै प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई लगायत २१ सदस्यीय टोलीको नेृतृत्व गर्दै बाकु पुगेका थिए ।

 उनलाई स्वागत गर्न भुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata