कैदीलाइ प्रजनन अधिकार

शनिबार, साउन २५, २०७६



कैदीलाई प्रजनन अधिकार दिनगरी कारागार ऐनको मस्यौदा तयार भएको छ । गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ ।

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौनसम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ । मस्यौदाअनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको, सन्तान जन्माउन इच्छुक र अपराधको प्रकृति हेरर मात्र यस्तो सुविधा प्रदान गरिनेछ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata