चितवनमा रेणु र ज्ञवालीको मतान्तर घट्यो

शुक्रबार, जेष्ठ ५, २०७४



चितवन । दलहरुको प्रतिष्ठाको विषय बनेको र सबैको चासो बनेको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार रेणु दाहालको मत बढेको छ । फराकिलो अग्रता बनाएका एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रतालाई माओवादी केन्द्रकी रेणु दाहालले खुम्च्याउँदै लगेकी छन् । चितवनको भरतपुर महानगरको जारी मत गणनामा माओवादीका उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।  रेणुले झिनो अग्रता लिएकी हुन् । पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् । भरतपुरको वडा नम्बर ६ को मतले रेणुलाई अग्रता दिलाएकी हुन् ।

रेणुको बलियो मत भएको ठाउँमा गन्न बाँकी रहेकाले उनी अगाडी जाने कांग्रेस माओवादी केन्द्रको विश्वास छ ।

2941 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank