स्वरुपराज को नयाँ भिडियो रिलिज

शनिबार, जेष्ठ ६, २०७४



काठमाडौ । चर्चित गायक स्वरुपराज आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो । गीतकार पवित्रा राईको शब्द बालन्द राईको संगीत रहेको “ के के भयो जीन्दगीमा ,नसोचेकै भयो बोलको गीतमा गोपाल ज्ञवाली र सोनिया र सुशान्त आर.टी.को अभिनय रहेको छ ।

कपिलवस्तुमा जन्मिएका गोपालले यस अघि दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने भोजपुरी फिल्ममा समेत अभिनय गरिरहेका छन् । त्यस्तै सुसान्त आर .टी . पनि करिव ६ बर्ष देखि मोडलिङ क्षेत्रमा रमाईरहेका छन् भने एक दर्जन नेपाली चलचित्रमा अभिनय गरेका छन् । सोनिया पनि यतिखेर चर्चा बटुलिरहेकी मोडल हुन । मनिष कार्कीको निर्देशन रहेको यस भिडियोलाई पुर्वेली जुनतारा म्युजिक प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।

345 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank