भोलि उठी कहाँ जाने केही थाहा छैन…

loading...

बुधबार, फाल्गुन ४, २०७३



बुवाको किरिया बसेकी १३ बर्षकी बालिकाको पीडा

चितवन । बुवाको किरिया बस्ने कोही पनि नभएपछी चितवनको राप्ती नगरपालिका १० बस्ने एक १३ वर्षीया बालिका किरिया बसेकी छिन ।

नुवाकोटबाट काम खोज्दै चितवन पुगेका रत्नमान बिकको ५८ वर्षको उमेरमा मृत्यु भएपछी उनकी १३ वर्षकी छोरी रेखा बिक किरिया बसेकी हुन । रिक्सा चलाएर परिवार पाल्दै आएका बिकको गत आईतबार बिरामी भएर मृत्यु भएको र उनको किरिया बस्ने आफन्त कोही पनि नभएपछी छोरी रेखा किरिया बसेको निमाबी बजरहट्टीका शिक्षक गोपाल सेढाईले नेपालपाटीलाई बताए ।

नेपालपाटीसंग कुरा गर्दै रेखाले आफ्नो बुवाले रिक्सा चलाएर परिवार धान्दै आएको बताइन । उनले भनिन, ‘मेरो वुवाले दिनभरी रिक्सा चलाएर कमाएको पैसाले दाल, चामल र तरकारी आउँथ्यो । अब बुवा नै नरहेपछी छाक टार्ने बाटो समेत बन्द भयो ।’ उनले आफुहरुको घरबारी केही पनि नभएको भन्दै सहयोगका लागि आग्रह गरिन ।

रेखाको परिवारको बस्ने ठाउँ समेत नभएपछी उनी पढ्दै आएको निमाबी बजरहट्टीले विद्यालयकै छेउमा सानो छाप्रो बनाउने जमिन उपलब्ध गराएको छ । सोही स्थानमा छाप्रो बनाएर उनको परिवार घाम र पानी छल्दै आएको छ ।

सोही विद्यालयका शिक्षक गोपाल सेढाईले भने ‘यिनीहरुको बस्ने ठाउँ नै नभएपछी हाम्रो पलहमा बस्ने ठाउँ उपलब्ध गराईएको हो । अहिले न उनिहरुसंग खाने केही अन्न छ । गतिलो ओढ्ने कपडा नै । एउटा बालिका बाबुको किरिया बस्दा ओढ्ने कम्मल समेत छैन ।’
उनले गरिवीका कारण उनीहरु निकै ठुलो समस्यामा रहेको बताए ।

पढाई समेत छोड्नुपर्ने बाध्यता
रेखाकी आमा जानुकाले सामान्य मजदुरी गरेर छोराछोरी पालेकी छिन । रेखाका एक दाई छन् तर उनी कहिल्यै पनि घरमा आउँदैनन् । गरिवीकै कारण रेखाले समेत मजदुरी गर्नुपर्ने भएकोले पढाई अगाडि बढाउन कठिन रहेको शिक्षक सेढाईले बताए ।

उनले कक्षा सातमा अध्ययनरत रेखा परिवारको गरिवीकै कारण पढाई छोड्ने अवस्थामा रहेको बताए । रेखाले पनि पढ्नका लागि आफुसंग कापी कलम किन्ने पैसा नभएकोले समस्यामा रहेको जानकारी दिईन । ‘अब आमाले स्कुल नपठाउने कुरा गर्नु भएको छ । खाने कुरा नै नभएपछी अरुको घरमा काम गर्नुपर्ने भएको छ ।’

1953 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom