रेडक्रसको बजेट तीन करोड

मङ्लबार, फाल्गुन ८, २०७४



भक्तपुर। नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३औं जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ ।

शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५÷७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद महेश बस्नेतले भक्तपुर रेडक्रसले मानवीय सेवाका गतिविधि सञ्चालन गरी देशभरी आफ्नो पहिचान राखेकोमा खुसी व्यक्त गरे। सफल नेतृत्वको उदाहरणको रुपमा भक्तपुर रेडक्रसलाई लिनुपर्ने कुरा बताउँदै सांसद बस्नेतले भक्तपुर रेडक्रसले रक्तसञ्चार सेवामार्फत देशैभरी ख्याति कमाएको बताए ।

“पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रममा नेपाल रेडक्रससँग स्थानीय तथा केन्द्रीय सरकारसधैं सहकार्य गर्न तत्पर छ,” उनले भने ।

नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक अध्यक्ष अजितकुमार शर्माले मानवीय सेवाका क्षेत्रमा भक्तपुर रेडक्रस अनुकरणीय र उदारणीय कार्य गर्न सफल भएको बताए ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भक्तपुरले भूकम्प पूर्वतयारीको कार्यक्रम नमूनाको रुपमा सफलतापूर्वक सम्पन्न गरेको जानाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments