बालोन डी’ओर अवार्ड ६ पटक जित्ने मेस्सी पहिलो खेलाडी

मङ्लबार, मंसिर १७, २०७६



एजेन्सी । अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।  उनले सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी’ओर जितेका हुन् । फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीलाई अवार्ड प्रदान गरिएको थियो ।

गएराति घोषणा गरिएको अवार्ड जित्दै मेस्सीले आफूलाई सर्वकालिक सर्वाधिक बालोन डी’ओर जित्ने खेलाडीमा उभ्याउन सफल भए । बालोन डी’ओर फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड हो । ३२ वर्षीय मेस्सीले सन् २०१५ यता पहिलो पटक यो अवार्ड जितेका हुन् ।

बालोन डी’ओर अवार्ड ६ पटक जित्ने मेस्सी पहिलो खेलाडी हुन् । यसअघि मेस्सीले सन् २००९, १०, ११, १२ र २०१५ मा यस अवार्ड जितेका थिए ।  मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी पछि रोनाल्डोले पाँचपटक बालोन डी’ओर अवार्ड जितेका छन् ।

गत वर्ष बालोन डी’ओर क्रोएसिया तथा स्पेनकै रियल मड्रिडका खेलाडी लुका मोड्रिचले जितेका थिए । महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata