लकडाउन खुकुलो बनाउन उपत्याकाका तीनवटै जिल्ला प्रशासनको सिफारिस

बिहिबार, जेष्ठ २२, २०७७



काठमाडौं । कोरोना भाइरस महामारीका कारण देश गत चैत ११ गतेबाट लकडाउन अवलम्बन गरिहेको छ ।

पटक पटक गरि जेठ ३२ गते सम्म जारी लकडाउनको उलंघन गर्दै व्यापारहरुले व्यवसाय खोल्ने निर्णय गरेसँगै तीन वटा जिल्लाको संयूक्त रुपमा आकस्मिक बैठक बसेको थियो । बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुको सहभागिता रहेको थियो ।

बैठकले सार्वजनिक यातायात, हवाई सेवा, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । साथै उक्त निर्णयका लागि संयूक्त रुपमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका उच्चस्तरीय समितिमा सिफारिस गरेको छ ।

याे पनि पढ्नुहाेस

उपत्यकाका तीन जिल्लाका सिडियोको बैठक बस्दै

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments