प्रस्तावित ‘सेफ जोन’ बाट नहटे टाउको काटिन्छ – टर्कीका राष्ट्रपति रिसेप

आइतवार, कार्तिक ३, २०७६



एजेन्सी । टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले उत्तरी सिरियाको सीमाको प्रस्तावित ‘सेफ जोन’ बाट नहटे कुर्द लडाकुको टाउको काट्ने धम्की दिएका छन् । टर्की बिहीबारमात्रै कुर्द लडाकुविरुद्ध सो क्षेत्रमा जारी आफ्नो सैन्य कारबाही पाँच दिनका लागि रोक्न सहमत भएको थियो ।

यद्यपि शनिबार दुवै पक्षले युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । युद्धविरामका बाबजुद सीमा क्षेत्रमा छिटफुट हिंसाका घटना जारी छन् ।

मध्य टर्कीको कायसेरी प्रान्तमा शनिबार एक टेलिभिजन कार्यक्रममा उनले भने, ‘युद्धविरामपछि मंगलबार साँझसम्म कुर्दहरु पछि हट्दैनन् भने हामी जहाँ छाडेका थियौं, त्यहीबाट अभियान थाल्छौं र आतंकवादीको टाउको काट्न जारी राख्छौं ।’

उनले आगामी साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्दैछन् । उनले छलफलबाट कुनै निश्कर्ष ननिस्केमा टर्कीले आफ्नो योजना लागू गर्ने बताए ।

निगरानी समूहका अनुसार टर्कीको आक्रमणका क्रममा पछिल्ला १० दिनमा ८६ जना सर्वसाधारण जनता मारिएका छन् भने डेढ लाखदेखि ३ लाखले आफ्नो घरबार छाडेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata