रियल मड्रिडले भन्याे : रोनाल्डोको स्थानमा नेइमार चाहन्छ

बिहिबार, कार्तिक २३, २०७४

loading...


काठमाडौँ । भविष्यसम्मका लागि राम्रो हुने भन्दै स्पेनिस क्लब रियल मड्रिडले  रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको स्थानमा नेइमार चाहेको खबर सार्वजनिक भएको छ ।

भविष्यमा रोनाल्डोको स्थानमा रहने सक्ने गरी नेइमारका बुवा र रियल मड्रिडका अध्यक्षबीच कुराकानी भएको खबरमा उल्लेख छ । खेलकुदसम्बन्धी स्पेनिस पत्रिका मुन्दो देपोर्टिभोका अनुसार रियल मड्रिडका अध्यक्ष फ्लोरेनटिनो पेरेजले केही दिनअघि स्पेननै फर्किएर खेल्न सक्ने सम्भावनाबारे नेइमारसँग कुरा गरेका थिए । पेरेजले अहिलेकै लागि मात्र नहेरेर भविष्यसम्मका लागि नेइमार ल्याउन सके राम्रो हुने बताएका छन् । रोनाल्डोको रियल मड्रिडमा २०२१ सम्मका लागि मात्र सम्झौता छ । त्यसपछिका दिनमा नेइमार रोनाल्डोको विकल्प हुन सक्ने रियल मड्रिडको योजना छ ।

epa06302655 Real Madrid's Cristiano Ronaldo reacts after Tottenham scored during the UEFA Champions League group H soccer match between and Tottenham Hotspur and Real Madrid at Wembley Stadium in London, Britain, 1 November 2017.  EPA/ANDY RAIN

नेइमार अहिले विश्वकै महंगा खेलाडी हुन् । उनी स्पेनिस क्लब बार्सिलोनबाट अहिलेसम्मकै धेरै रकम २२ करोड २० लाख युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका हुन् । नेइमारले त्यहाँ हप्ताको ८ लाख ६५ हजार युरो पारिश्रमिक पाउँछन् । यसको अर्थ २५ वर्षका नेइमारले पिएसजीबाट करसहित वर्षको चार करोड ५० लाख युरो पारिश्रमिक पाउने छन् । पिएसजीले नेइमारसँग पाँच वर्षको सम्झौता गरेको छ । नेइमारले पिएसजीमा १२ खेलमा ११ गोल गरिसकेका छन् ।
क्रिष्टियोनो रोनाल्डोले यो सिजन अहिलेसम्म स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन् । लिगका सुरुका चार खेल प्रतिबन्धका कारण गुमाएका रोनाल्डोले लिगमा गोलका हिसाबले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर उनले च्याम्पियन्स लिगमा भने राम्रो गरिरहेका छन् ।

315 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv