चेल्सीबाट खेल्ने हजार्ड रियल म्याड्रिडमा, एक सय १२ मिलियन डलरको सम्झौता

शनिबार, जेष्ठ २५, २०७६



काठमाडौँ । चेल्सीबाट खेल्ने बेल्जियमका प्लेमेकर इडेन हजार्डलाई  रियल म्याड्रिडले आगामी पाँच वर्षको लागि भित्राएको छ  । आगामी जुन १३ मा रियल म्याड्रिडको स्टेडियममा हजार्ड हुनेछन् ।

गोलडटकमका अनुसार हजार्डलाई रियल म्याड्रिडले ११२ मिलियन डलर तिरेर ल्याएको हो । २८ बर्षिय हजार्ड अब रियल म्याड्रिडमा सन् २०२४ को जुन ३० सम्म रहने छन् ।

रियलमा हजार्डले प्रति साता ५ लाख ६ हजार डलर पारिश्रमिक पाउने समेत सहमति भएको बताइएको छ ।

हजार्डले चेल्सीका फ्यानहरुलाई एक संदेश दिदै चेल्सी छोड्ने निर्णय अत्यन्त मुस्किल निर्णय भएको भन्दै चेल्सीमा आफुले महत्वपूर्ण समय बिताएको बताएका छन् । आफुले चेल्सीका लागि खेल जित्न सबै प्रयास गरेको भन्दै हजार्डले खराब समयमा पनि सपोर्ट गर्ने फ्यानहरुलाई विशेष धन्यवाद दिएका छन् ।

२८ बर्षिय प्लेमेकर हजार्डले यस अघि धेरै पटक रियल म्याड्रिडबाट खेल्ने आफ्नो सपना रहेको बताउदै आएका छन् ।

सन् २०१२-२०१३ मा फ्रेन्च क्लब लिलेबाट चेल्सी आएका हजार्डले अहिलेसम्म चेल्सीका लागि ३५२ खेल खेल्दै ११० गोल गरेका छन् ।

चेल्सीमा रहदा हजार्डले २०१४-१५ र २०१६-१७ सिजनको प्रिमियर लिगको उपाधि जितेका छन् भने २०१२-१३ र २०१८-१९ मा युरोपा लिग, २०१७-१८ मा एफए कप तथा २०१४-१५ मा इएफएल कप जितेका छन् ।

त्यस्तै हजार्ड २०१४-१५ मा प्रिमियर लिगका बर्ष खेलाडी बनेका थिए भने २०१३-१३ मा युवा बर्ष खेलाडीको उपाधि जितेका थिए । साथै उनी २०१३-१४, २०१४-१५ र २०१६-१७ मा चेल्सीका बर्ष खेलाडी बनेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank