बैंगलोर आइपीएलबाट बाहिरियो

बुधबार, बैशाख १८, २०७६



एजेन्सी । रोयल च्यलोन्जर्स बेंगलोर जारी आईपीएलमा लिग चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

मंगलबार राती  राजिस्थान रोयल्ससँगको खेल वर्षाको कारण रद्ध भएपछि दुबै टोलीले १-१ अंक बाडें । १ अंक बाडेंपछि बेंगलोर समुह चरणबाटै बाहिरिनु परेको हो । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै ४ घण्टापछि खेल सुरु भएको थियो । खेल ५–५ ओभरमा झारिएको थियो । ६३ रनको लक्ष्य पछ्याएको अवस्थामा राजस्थानले ३.२ ओभरमा ४१ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पुन पानी परेपछि खेल रद्ध हुन पुगेको हो ।

कुलवन्त खेजरिलियाको तेस्रो ओभरको पहिलो र पाँचौ बलमा छक्का तथा अन्तिम बलमा चौका प्रहार गर्दै सन्जु स्यासनले १८ रन बटुले । चौथो ओभरको दोस्रो बलमा स्यामसनलाई युजवेन्द्र चाहलले पवन निगीबाट क्याच गराउँदै २८ रनमा पेभिलिएन फर्काए । स्यामसनले १३ बलमा ३ छक्का र २ चौका प्रहार गरे । लियाम लिभिङ्गस्टोन ११ रनमा अविजित रहे ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा ६२ रन बनायो । बेंगलोरले विराट कोहली र एबी डी भिलियर्सलाई ओपनरको रुपमा मैदान उतारेको थियो । पहिलो ओभरको सुरुवाती दुई बलमा कप्तान विराट कोहलीले लगातार छक्का प्रहार गरे । चौथो र अन्तिम बलमा डी भिलियर्सले चौका प्रहार गरे पछि बरुन आरोनले पहिलो ओभरमै २३ रन खर्चिएका थिए ।

जयदेव उनादकटको चौथो ओभरको दोस्रो बलमा पार्थिव पेटलले चौका प्रहार गरे पनि अन्तिम बलमा ओशन थोमसबाट क्याच आउट भए । उनले ५ बलमा ८ रन बनाए । उनादकटले यस ओभरमा ९ रन मात्र खर्चिए । अन्तिम ओभरमा ओशन थोमसले ८ रन खर्चेर २ विकेट लिए । राजस्थानका श्रेयस गोपालले १ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ओशन थोमस २, रियान पराग र जयदेव उनादकटको नाममा समान १ विकेट रह्यो ।

बैंगलोर यस सिजन आइपीएलबाट बाहिरिने पहिलो टोली बनेको छ । लिगको पुछारमा रहेको बैंगलोरले १३ खेलबाट ९ अंक छ । राजस्थानको भने प्ले अफमा पुग्ने सम्भावना कायम छ । राजस्थानको ११ अंक छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata