बेंगलोरले चेन्नईलाई १ रनले हरायो

सोमवार, बैशाख ९, २०७६



एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) को ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई  १ रनले हराएको छ ।

चिन्नास्वामी स्टेडियमा सम्पन्न खेलमा १ सय ६२ रनको लक्ष्य पछ्छाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाउन सक्यो । चेन्नईलाई अन्तिम ओभरमा जितको लागि २६ रन चाहिएको थियो । महेन्द्र सिंह धोनीले ३ छक्का र १ चौका सहित २४ रन मात्र बटुल्न सके ।

उमेश यावदलाई पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बलमा दुई रन लिए । पाँचौ बलमा धोनीले छक्का प्रहार गरे । अन्तिम बलमा रन लिने क्रममा सार्दुल ठाकुर रन आउट भएपछि चेन्नई पराजित हुन पुगेको हो । धोनी ४८ बलमा ७ छक्का र ५ चौका प्रहार गर्दै ८४ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन् ।

चेन्नईको सुरुवात खराव रह्यो । पहिलो ओभरको पाँचौ बलमा डेल स्टेनले शेन वाटशनलाई मार्कस स्टोइनिसबाट ५ रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा स्टेनले सुरेश रैनालाई शून्यमा बोल्ड आउट गरे । फाफ डु प्लेसिसलाई उमेश यादवले एवी डी भिलियर्सबाट ५ रनमा क्याच गराए । छैटौं ओभरको पाँचौ बलमा यादवले केदार जाधवलाई ९ रनका क्याच आउट गराएपछि चेन्नई २८-४ को कमजोर अवस्थामा पुगेको थियो ।

आम्बाती रायुडु र महेन्द्र सिंह धोनीले ५५ रनको साझेदारी गर्दै चेन्नईको संकट टारे । १४ ओभरको पहिलो बलमा युजबेन्द्र चाहलले रायुडुलाई बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । रायुडुले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा आउट भए । रविन्द्र जडेजा ११ र ड्वेन ब्राभो ५ रनमा आउट भए । बेंगलोरका डेल स्टेन र यादवले समान दुई विकेट लिए । त्यस्तै नन्दीप सैनी र युजवेन्द्र चाहलले समान एक विकेट हात पारे ।

त्यस अघि  टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो । बेंगलोरका लागि ओपनर पार्थिव पटेलले ५३ रनको योगदान दिए । १६ ओभरको चौथो बलमा ड्वेन ब्राभोले शेन वाटशनबाट क्याच आउट गराउनु अघि पटेलले ३७ बलमा ४ छक्का र २ चौका प्रहार गरे ।

तेस्रो ओभरको तेस्रो बलमा दिपक चाहरले कप्तान महेन्द्रसिंह धोनीबाट विराट कोहलीलाई ९ रनमा क्याच आउट भए । सातौ ओभरको पाँचौ बलमा रविन्द्र जडेजाले फाफ डु प्लेसिसबाट बाउन्ड्री लाईन नजिकै एवी डी भिलियर्सलाई २५ रनमा उत्कृष्ट क्याच आउट गराए । डी भिलियर्सले १९ बलमा ३ चौका र १ छक्का प्रहर गरे ।

अक्षदीप नाथ २४,मार्कस स्टोइनिस १४ र पवन नेगीले ५ रनमा आउट भए । मोईन अलीले १६ बलमा ५ चौका सहित २६ रन बटुले । चेन्नईका रविन्द्र जडेजा, ड्वेन ब्राभो र दिपक चाहरले समान २ तथा इमरान ताहिरले १ विकेट लिए ।

यो जित पश्चात पनि बेंगलोर अंक तालिकाको अन्तिमस्थानमा नै यथावत छ भने चेन्नाईले  शिर्षस्थानमा पकड बनाइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank