राप्रपा प्रजातान्त्रीक विद्यार्थी संगठनमा उपाध्यक्ष र महासचिव मनोनित

सोमवार, मंसिर १७, २०७५



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक)को भातृ संगठन राप्रपा प्रजातान्त्रीक विद्यार्थी संगठनले रिक्त बिभिन्न पदरुमा मनोनित गरेको छ । राष्ट्रिय प्रजातन्त्रीक विद्यार्थी संगठन (प्रजातान्त्रीक) ले काठमाडौंमा एक कार्यक्रमका बीच उपाध्यक्ष र महाचिव नियुक्त गरेको हो ।

संगठनले उपाध्यक्षमा डम्बर जङ्ग शाही त्यस्तै महासचिवमा सानु काजी बस्नेत र प्रदेश- २ संयोजक मा सुमित भण्डारीलाई मनोनित गरेको संगठनका अध्यक्ष धनसुर शाहीले जनाकारी दिए ।  उनीहरुलाई विद्यार्थी संगठनको बिधान बमोजिम मनोनीत गरेको अध्यक्ष शाहीले बताएका छन् । मनोनित भएकाहरुलाई राप्रपा (प्रजातान्त्री ) सचिवालय महामन्त्री राजाराम श्रेष्ठले खादा र अविरल लगाएर स्वागत गर्नुकाा साथै कार्यकालकाे शुभकामना दिए ।

अध्यक्ष शाहिले कार्यसमिति बिस्तार संगै बर्तमान सरकारको कार्य शैलि ठिक नभएको भन्दै शैक्षिक आन्दोलन घोषणा गर्ने बताएका छन् । उनले एक फरक प्रसङ्ग मा भर्खरै सरकार ले आर्धिक चलखेलमा परि निजि कलेजलाइ बिना पुर्बाधार सम्बन्धन दिएकाले त्यसको भण्डाफोरका लागि देश व्यापी आन्दोलन गर्ने जनाएका छन् ।

527 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank