रसुवागढी नाकाबाट व्यापारिक कारोबार बन्द

मङ्लबार, फाल्गुन १, २०७४



रसुवा ।
मंगलबारदेखि एक महिनाको लागि रसुवागढी नाकाबाट व्यापारिक कारोबार बन्द भएको छ । फागुन ४ गते पर्ने ग्याल्पो ल्होसार (अर्थात चिनियाँ नयाँ वर्ष) का कारण केरुङ भन्सारले कन्टेनरमा शिल नगर्ने भएपछि एक महिनाको लागि रसुवागढी नाकाबाट व्यापारिक कारोबार नहुने भएको हो । फेब्रअरी १२ तारिक देखि मार्च ६ सम्म केरुङमा रहेको प्राइभेट ट्रन्सपोट बन्द हुने भएपछि व्यापारिक कारोबार कम हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका संचालन हुँदै आएको छ । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाकालाई चिनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आवतजावत गर्ने गरेको छ । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामान लगायतका मुख्य वस्तुहरु पैठारी भइरहेको छ ।

429 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank