राष्ट्रियसभा निर्वाचनमा भाग पाउने यी हुन् २१ दल

शुक्रबार, पुस २८, २०७४

loading...


काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा २१ वटा राजनीतिक दलले सहभागीता जनाउन पाउने माैका पाएका छन् ।

राष्ट्रियसभा सदस्य बन्नका लागि आयोगले १५ दिनको समय दिएर दल दर्ता गर्न आह्वान गरेकोमा २१ दलले मात्र सहभागीताका लागि आवेदन दिएका हुन् ।

राष्ट्रियसभाका लागि निवेदन दिने राजनीतिक दलहरूकाे लिस्टमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने कार्यलाई पूर्णता दिन राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो ।

128 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!