राष्ट्रपति रनिङ सिल्ड शूरु, १४ विद्यालय सहभागी

सोमवार, चैत्र २६, २०७४



बाजुरा । १० औं राष्ट्रपति रनिङ सिल्ड मार्तडीमा शूरु भएको छ । १४ वटा विद्यालय सहभागी खेलको प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले उद्घाटन गरेका हुन् ।

खेल मार्तडी स्थित मालिका नमुना माविमा खेलको औपचारिक उद्घाटन गरिएको हो । सिल्डमा एथ्लेष्टीक तर्फका कराँते तेक्वाण्डो, कवड्डी र महिला पुरुष भलिबल खेलहरु सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति अध्यक्ष हिक्मत थापाले बताएका छन् ।
एथ्लेष्टीक तर्फका खेल मालिका नमूना मावि, भलिबल जिल्ला खेलकुद विकास समितिको प्राङ्गण र कबड्डी सहीत कराँते तेक्वाण्डो खेलहरु क्रियट जाने एकेडेमीमा सञ्चालन भईरहेका छन् ।

५ दिनसम्म चल्ने भनिएको सिल्डमा कमै मात्र विद्यालय सहभागी भएकोले छिटो नै सकिने बताईएको छ । खेलको पहिलो दिन विद्यालय स्तरीय मार्च पास खेल खेलाईएको थियो । त्यसमा मालिका नमुना मावि प्रथम, क्रियटर जोन एकेडेमी द्धितीय र कन्र्भस एकेडेमी तृतीय भएका छन् ।

यस अघिका सबै खेलमा सिल्ड जित्दै आएको मालिका नमूना माविले यो वर्ष पनि जितको निरन्तरता दिने आँकलन गरिएको छ । खेल सञ्चालनका लागि राष्ट्रिय स्तरको मान्यता प्राप्त निर्णायकहरु खटिएका छन् ।  कार्यक्रममा प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले खेल क्षेत्रको विकासले मानव स्वास्थ्य सुधार गर्ने र राष्ट्रको पहिचान बढ्ने बताएका छन् । स्थानीय तहले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउन र संरचनाको विकासमा पनि ध्यान दिन आग्रह गरेका छन् ।

175 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank