तात्यो युवासंघ

बिहिबार, भदौ २६, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृंसगठन राष्ट्रिय युवासंघ नेपाल सक्रिय बन्न थालेको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी पार्टी एकता सँगै बनेको राष्ट्रिय युवा संघ नेपाल सक्रिय बन्दै गएको छ । तत्कालिन वाइसिएल नेपाल र युवा संघ नेपालबिच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक एकता पछि पहिलो पटक विहिबार संगठनका इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेल उपस्थित विशेष बैठक सम्पन्न गरेको छ ।

बैठकले राष्ट्रिय युवा संघको केन्द्रिय समिति ३३५ सदस्यीय बनाउनका लागि पार्टीसँग अनुमति माग्ने निर्णय गरेको छ । बैठकले मनोनित गर्ने गरी ३३१ मध्य साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्य चयन गर्ने जनाएको छ ।

साथै केन्द्रिय समितिको एकतिहाईले हुन आउने १११ सदस्यीय सचिवालयमा साविक वाइसिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ सदस्य चयन,केन्द्रिय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघ नेपालबाट ५ र साविक वाइसिएल नेपालबाट ४ सदस्य चयन,संगठनको केन्द्रिय कार्यालय काठमाडौंको पेरिसडाँडामा राखिने प्रस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिने लगायतका सात महत्वपूर्ण निर्णय गरेको छ ।

हेर्नुहाेस निर्णय 

youth

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata