राष्ट्रिय सभाबाट दुई विधेयक पारित

बिहिबार, पुस २४, २०७६



काठमाण्डौ ।  आज(बिहिबार) बसेको राष्ट्रियसभाको  बैठकले दुई विधेयक पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ र ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन)’ विधेयक सर्वसम्मतिले पारित भएको हो ।

विषयगत समितिमा भएको छलफल र परिमार्जनलाई स्वीकार्दै विधेयक पारित गरिएको हो । बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ ।

यसअघि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै डा.खतिवडाले सदनमा उठेका सवाललाई संशोधनका माध्यमबाट सम्बोधन गर्न सकिने बताए ।

हालका बौद्धिक संस्थाहरु भिन्न र छुट्टै प्रकृतिका रहेको र संसदीय प्रक्रियाबाट नबनेका हुनाले प्रतिष्ठान विधेयक ल्याइएको उनले जानकारी दिए । कानुनबाट स्थापित हुने प्रतिष्ठान दिगो र परिपूरक भूमिकामा भएकाले यसको सान्दर्भिकता बढ्ने उनले बताए ।

राष्ट्रियसभाको अर्को बैठक आउँदो २७ गते दिउँसो १ बजे बस्नेछ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments