चीन भ्रमणमा जानु अगाडी राष्ट्रपति भण्डारीले गराइन पेटको इन्डोस्कोपी

मङ्लबार, बैशाख १०, २०७६



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार)शिक्षण अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराएकी छिन् ।

राष्ट्रपति भण्डारी बुधबार ९ दिने राजकीय भ्रमणका लागि चीन जाँदै छिन् । उक्त भ्रमणको दुई दिनअघि स्वास्थ्य परीक्षण गराउन राष्ट्रपति आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेकी हुन्।

‘पेटको इन्डोस्कोपी गरेर उहाँ फर्किसक्नुभयो,’ खड्गाले भने, ‘राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ।’ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले राष्ट्रपतिको पेटको इन्डोस्कोपी गरिएको जानकारी दिएका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank