राष्ट्रपति भण्डारी निगमको चार्टर्ड जहाजमा चीन जाने
तीन दिनको एक करोड ६५ लाख भाडा
सोमवार, बैशाख ९, २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ ।
निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो एक सय ५८ सिटे जहाज हो । यही ११ वैशाखदेखि शुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
तीनदिने चार्टर्ड उडानको लागि लागत एक लाख ५० हजार अमेरिकी डलर अर्थात करिब एक करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिए ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments