हलोले उब्जायो राप्रपाको महाधिवेशन उद्घाटनमै रडाको

loading...

शुक्रबार, फाल्गुन ६, २०७३



काठमाडौँ । राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले राप्रपालाई राप्रपा नेपालमा विलय हुन नदिने दावी गरेका छन् ।

पार्टीको एकता महाधिवेशनलाई सम्बधोन गर्दै लोहोनीले भावी अध्यक्षका प्रतिस्पर्धी कमल थापा तर्फ संकेत गर्दै असमान ढंगले पार्टी एकता हुन नसक्ने बताए । उनले राप्रपाको स्थापनाकालदेखीको हला चिन्ह् नत्याग्ने बताए । ‘२७ वर्षदेखी हलो गाउँ गाउँ पुगिरहेको छ । असमान ढंगले भएको एकताका आधारमा हलो त्यागिदैन । यसमा हेक्का रहोस् ।’

उनले राप्रपालाई राप्रपा नेपालमा विलय गराएर कमल थापाले नेतृत्व हत्याउन खोजेको संकेत समेत गरे ।
त्यसअघि बोलेका अर्का नेता पशुपति समशेर जबराले पनि हलो चिन्ह् नत्याग्ने उद्घोष गरेका थिए ।

1605 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom