जबरजस्ती करणीमा कैद सजाय ठहर भएका फरार अभियुक्त पक्राउ

बुधबार, मंसिर १८, २०७६



बर्दिया ।  जबरजस्ती करणीमा कैद सजाय ठहर भएका फरार अभियुक्त पक्राउ परेका छन । पुनरावेदन अदालत नेपालगंज बाँकेको फैसलाले जबरजस्तीकरणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका अभियु्क्त गुलरीया नगरपालिका- ७ बस्ने ३७ वर्षीय राजु लोधलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे।

प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई गुलरीया नगरपालिका- ७ मुर्तिया स्थित पटाउ गाउँबाट पक्राउ गरेको जनाएकाे छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata