इन्टरपोलको सहयोगमा २० वर्षपछि बलात्कारी हत्यारा प्रहरी फन्दामा

बुधबार, कार्तिक ६, २०७६



काठमाडौं । बलात्कार पछि हत्या गरेको आरोपमा फरार एक अभियुक्तलाई अमेरिकाबाट नेपाल ल्याएको छ ।  २० वर्ष पहिले झापा स्थायी घर भएका ४२ वर्षीय लिलाराज गौतमलाई नेपाल प्रहरीले अमेरिकाबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

बुधबार बिहान टर्की एयरको विमान मार्फत गौतमलाई नेपाल ल्याइएको हो। अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल) र अमेरिकी प्रहरीको सहयोगमा उनलाई अमेरिकाबाट डिपोर्ट गराई नेपाल ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार २०५७ साल असोज २९ गते राती उनीसहित मनोज खड्का र सिताराम खड्काले चन्द्रगढी ३ की एक युवतीको सामूहिक बलात्कार गरेका थिए। त्यसपछि उनीहरुले युवतीको घाँटी थिचेर हत्या गरेका थिए ।

हत्यापछि फरार रहेका गौतमलाई १३ फेब्रुअरी २०१८ मा उनलाई अमेरिकाको होमल्याण्ड सेक्युरिटीले पक्राउ गरेको थियो । करिब दुई वर्षको प्रयास पछि अभियुक्त गौतमलाई नेपाल ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata