अभियुक्त पक्राउपछि निर्मला बलात्कारको रहस्य खुल्यो

सोमवार, भदौ ४, २०७५



काठमाडौं । निर्मला पन्त बलात्कारको रहस्य खुलेको छ । गत साउन ११ गते भीमदत्त नगरपालिका–२ की १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ औं दिनपछि हत्यामा संलग्न एकजना पक्राउ परेपछि रहस्य खुलेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार बिष्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ ।

बिष्टले गाँजा र मादक पदार्थ सेवन गर्ने गरेको, परिवारकै महिला सदस्यलाई पटक-पटक यौन दुव्र्यवहारको प्रयास गरेको, बाटोमा महिलालाई देख्दा अश्लील हर्कत गर्ने गरेको, जिल्ला कारागारमा आएर माग्ने गरेको र घरमा बाहिरै सुत्ने गरेको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार पक्राउ परेका विष्टले बयानमा क्रममा आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । साउन १० गते बाटोमा हिँडिरहेको बेला निर्मलाको साइकलको चेन खराब भएको थियो । निर्मलाको साईकलको चेन खराब भएपछि बिष्टले मिलाइदिएको अनि कोही नभएको देखेपछि उखुबारीमा लगेर बलात्कार गरेंको प्रहरी श्रोतले जनाएको छ । बलात्कार गर्दा योनीबाट रगत बगेपछि पक्राउ पर्ने डरले मैले हत्या गरेको हुँ,’ अभियुक्तको बयान उद्धृत गर्दै ती प्रहरी अधिकृतले भने ।

प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति रहेको र भिनाजुको हत्यामा ९ वर्ष जेल बसेर जेठ ०७४ मा छुटेको प्रहरीको भनाइ छ ।

विष्टलाई प्रहरीले आईतबार राति ८ बजे भीमदत्त नगरपालिका–१९ खन्ना चौराहा नजिकै नहरमा संकास्पद लागेर पक्राउ गरेको भए पनि सार्वजनिक नगरी अनुसन्धान गरेको थियो । प्रहरी श्रोतका अजुसार प्रारम्भिक अनुसन्धानबाट विष्टको संलग्नता पुष्टि भएको छ, बाँकी अनुसन्धान भईरहेको छ,’ ।

बिष्ट छ महिना अघि मात्र आफ्नै भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । १० वर्ष हत्या आरोपमा कारागार बिताएर आएका हुन । जेल सजाय काटेर निस्किएका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए ।

साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भइसकेको छ । गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी १३ वर्षीया निर्मला पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला भीमदत्त नगर १८ मा रहेकी साथी रोश्नी वमको घरमा गएकी थिइन् । साथीको घरमा गएकी निर्मला अर्को दिन उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments