भारतमा ८ महिने बालिकामाथी बलात्कार

मङ्लबार, माघ १६, २०७४



नयाँ दिल्ली । भारतको दिल्ली स्थित सकुर बस्ती सोमवार एक ८ महिनाकी बालिकामाथी बलात्कार भएको छ । बलात्कृत बालिकाको गम्भिर अवस्थामा उपचार भइरहेको छ ।

बालिकालाई उनकै २८ वर्षका काकाका छोराले बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बलात्कारका आरोपीतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दुई बालिकालाई उनीहरुका आमाबुवाले घरमै पररिवारका अरु सदस्यसँग छाडेर काममा गएको थिए । साँझको समयमा दुई जना बालिका काकीसँगै रहेका थिए । बलात्कृत बालिकालाई उनका काकाका छोराले खेल्न लैजाने भन्दै अर्को भवनमा लगेर बलात्कार गरेको हिन्दुस्थान टायम्सले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments