बलात्कारको ग्राफ बढ्यो, हरेक दिन ६ जनामाथि बलात्कार

आइतवार, मंसिर १६, २०७५



काठमाडौं । बलात्कारका घटना दोब्बरले बढेका छन् । केहीसमय अगाडी हरेक दिन ३ जनाको बलात्कार हुने गरेको तथ्याङ्क बढेर ६ पुगेको छ । बलात्कारका घटनाको ‘ग्राफ’ दोब्बर हुनलाई भयवाह रुपमा लिइरहेको छ। अघिल्लो आर्थिक वर्षसम्म औसत दैनिक तीन देखि चारवटा बलात्कारका घटना हुने गरेकोमा सरकारी तथ्याङ्कले देखाएको थियो ।

यो वर्षको पहिलो तीन महिनामा औसत ६ वटा घटना भएको प्रहरीको रेकर्ड देखिएको छ । बलात्कारसँगै जबर्जस्ती करणी उद्योग, अप्राकृतिक मैथुन लगायतका घटना पनि अगाडि बढेका छन् । ६ जना मध्ये ४ जना आफन्त चिनेजानेकाबाटै बलात्कारमा पर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

संघीय संसद्को महिला तथा समाजिक समितिमा गृह मन्त्रालयले पेस गरेकोतथ्याङ्कमा तीन महिनामा ५९० वटा बलात्कारका घटना दर्ता भएका छन् । साउन, भदौ र असोज महिनामा दर्ता भएका यी घटनामा संलग्न ६९७ जना रहेका छन् । जसमा ५६१ जना पक्राउ परेका छन् । घटनामा संलग्नमध्ये १३६ जना फरार छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments